प्रधानमन्त्री कप क्रिकेट

सुदूरपश्चिम ८७ रनमा अलआउट, एपीएफका चन्दनले लिए ५ विकेट

नेपालभ्युज

सुदूरपश्चिम ८७ रनमा अलआउट, एपीएफका चन्दनले लिए ५ विकेट

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेश ८७ रनमा अलआउट भएको छ।

मूलपानी क्रिकेट मैदनमा जारी खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश १६.२ ओभरमा ८७ रनमा अलआउट भएको हो। यससँगै एपीएफले ८८ रनको लक्ष्य पाएको छ।

सुदूरपश्चिमका लागि नारायाण जोशी ३१ रनमा अविजित रहे। खडक बोहोराले भने २४ रन बनाए। ४ खेलाडी डगआउट हुँदा ५ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

सुदूरपश्चिमलाई सस्तैमा प्याक गर्न एपीएफका लागि चन्दन रामले ५ विकेट लिए। उनले ७ ओभरमा ५१ रन खर्चेर फाइफर पुरा गरे। भुवन कार्कीले ३ र रोहित पौडेलले २ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved