धादिङको गजुरीमा गुडिरहेको बसमा अचानक आगो लाग्यो

नेपालभ्युज

धादिङको गजुरीमा गुडिरहेको बसमा अचानक आगो लाग्यो
सांकेतिक तस्वीर।

काठमाडौं । भैरहवाबाट काठमाडौं आउदै गरेको यात्रुवाहक बसमा गुडिरहेका बेला आगलागी भएको छ । बिहान झिसमिसेमा धादिङ आइपुगेको बसमा अचानक आगो सल्किएको थियो । लु १ ख ९१९० नम्बरको यात्रीवाहक बसमा आगो लागेको प्रहरीले पुष्टि गरेको छ ।

गजुरी गाउँपालिका–२, चालिसे भन्ने ठाँउमा बसमा आगो सल्किएको थियो । प्रहरीका अनुसार, बसको ब्याट्री सर्ट भई बसको पछाडि भागबाट आगो सल्किएको हो । आगलागीबाट बसको पछाडिको भागमा क्षति पुगेपछि बस चल्न नसक्ने गरी बिग्रिएको छ ।

आगलागीबाट बसको डिक्कीमा राखिएको सामान जलेर नष्ट भएका छन् । सम्पूर्ण यात्री भने सकुशल रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved