इराकलाई हराउँदै जोर्डन एसिया कपको क्वाटरफाइनलमा

नेपालभ्युज

इराकलाई हराउँदै जोर्डन एसिया कपको क्वाटरफाइनलमा

काठमाडौं । इराकलाई हराउँदै जोर्डन एएफसी एसिया कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

कतारको अल रेयानस्थित खालिफा रंगशालामा भएको तेस्रो प्रि–क्वाटरफाइनलमा इराकलाई ३–२ ले पाखा लगाउँदै जोर्डन क्वार्टरफाइनलमा पुग्ने तेस्रो टोली बनेको हो ।

अब सेमिफाइनल प्रवेशका लागि जोर्डनले ताजिकिस्तानसँग फेब्रुअरी २ मा खेल्नेछ । ताजिकिस्तान, यूएईलाई हराउँदै प्रतियोगिताको अन्तिम आठमा पुगेको हो ।

त्यस्तै आयोजक कतार पनि प्यालेस्टाइनलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved