ग्यालेक्सी टिभी सञ्चालक जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी

नेपालभ्युज

ग्यालेक्सी टिभी सञ्चालक जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं । बचतकर्ताको करोडौं रुपैया हिनामिना गरि फरार भएका सहकारी सञ्चालक जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राई फरार रहेकाले इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।

ग्यालेक्सी टेलिभिजनका सञ्चालकसमेत रहेका राईविरुद्ध विभिन्न सहकारीबाट बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।

राई विदेशमा लुकेर बसेको प्रहरीको आशंका छ । डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी तथा खोजी गर्न सहयोग गर्ने छन् ।

अहिले यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ। उजुरी परेका सबै जिल्लाबाट फाइल मगाएर सीआईबीले अनुसन्धान थालेको छ।

यसअघि बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध पनि रेड नोटिस जारी भइसकेको छ । सहकारी ठगी प्रकरणका फरार आरोपी मेयर नेपाली नेपालमा फेला नपरेपछि उनीविरुद्ध रेड नोटिस जारी भएको हो ।

९ महिनादेखि फरार रहेका उनलाई नेपाल प्रहरीको एनसीबी काठमाडौंले खोजीका लागि इन्टरपोलमार्फत रेड नोटिसका लागि इन्टरपोलको प्रधान कार्यालय फ्रान्समा पत्र पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved