मानहानि मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले आठ करोडभन्दा बढी अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने

नेपालभ्युज

मानहानि मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले आठ करोडभन्दा बढी अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं । अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जीन क्यारोलले दायर गरेको मानहानि मुद्दामा झन्डै आठ करोड डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

सन् २०१९ मा आफू राष्ट्रपति भएका बेला ट्रम्पले आफूलाई बदनाम गरेको क्यारोलले आरोप लगाएका थिए ।

अदालतले यस मानहानि मुद्दामा फैसला सुनाउँदै, क्यारोललाई भावनात्मक रूपमा चोट पुर्‍याएको र उनको प्रतिष्ठामा चोट पुर्‍याएकोमा क्षतिपूर्ति र जरिबाना समेत गरेर आठ करोडभन्दा बढी अमेरिकी डलर तिर्नुपर्ने बीबीसीले जनाएको छ ।

यसअघि ट्रम्पले क्यारोललाई यौन दुर्व्यवहार गरेको पाइएको थियो । त्यसपछि ट्रम्पले सामाजिक सञ्जालमा लगातार क्यारोललाई निशाना बनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved