काठमाडौं । मधेश प्रदेशका विभिन्न जिल्लामा बन्द गराउँदै हिँडेका प्रभु शाह नेतृत्वको आम जनता पार्टीका कार्यकर्ता पक्राउ परेका छन् ।
जनकपुर, रौतहट, बारालगायत विभिन्न स्थानबाट बजार बन्द गराउँदै हिँडेका आम जनता पार्टीका ५० भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
राष्ट्रिय सभा चुनावलाई लक्षित गरी आम जनता पार्टीले आज बन्द आह्वान गरेको थियो ।
जनकपुरको रामानन्दचोकबाट पार्टीका उपाध्यक्ष तिलक थापा, महासचिव उपेन्द्र साह, प्रवक्ता एवं आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहलगायतलाई पक्राउ गरी धनुषा प्रहरी कार्यालयमा राखेको छ ।
यस्तै, रौतहट जिल्ला इन्चार्ज त्रिभुवन साह र आम मुस्लिम मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मंसूरी लगायत दर्जनौँ प्रदर्शनकारीलाई नियन्त्रण लिएर चपूर प्रहरीमा राखिएको छ ।
सवारी आवागमनमा अवरोध गर्ने, गाडीमा तोडफोड जस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment