राष्ट्रियसभामा राप्रपासँग गठबन्धन गरे लगत्तै एमाले अध्यक्ष कोशी जाँदै

नेपालभ्युज

राष्ट्रियसभामा राप्रपासँग गठबन्धन गरे लगत्तै एमाले अध्यक्ष कोशी जाँदै

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको समिकरण मिलाउन नेकपा एमालेका अध्यक्ष केपी ओली आज विराटनगर जाने भएका छन् । ओली आज दिउँसो २ बजे विराटनगर जाने उनको सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाका निर्वाचनको पूर्व सन्ध्यामा पार्टी कार्यक्रमको बहानामा ओली कोशी भ्रमणमा जानुलाई अर्थपूर्णरुपमा हेरिएको छ । कोसी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा एमाले र राप्रपा मिल्ने सहमति भएलगत्तै ओली पूर्व जान लागेका हुन् ।

उनी भोलि काठमाडौं फर्किने छन् ।

कोशी प्रदेशमा एमाले र राप्रपा मिले पनि सत्ता गठबन्धनको मतभार बढी छ । कोशीमा एमालेको मतभार ४२१० र राप्रपाको मतभार ३९४ गरी जम्मा ४६०४ मतभार छ । सत्ता गठबन्धनतर्फ भने कांग्रेसको ३७२२, माओवादी केन्द्रको १२७८, एकीकृत समाजवादीको ३४५ र जसपाको १२९ गरी कूल मतभार ५४६८ छ । यस हिसाबले पनि एमाले र राप्रपाको गठबन्धनको अर्थ भने देखिदैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved