अधिकारीले पाए नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी

नेपालभ्युज

अधिकारीले पाए नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को निमित्त अध्यक्षको जिम्मेवारी डा.नवराज अधिकारीलाई दिइएको छ ।

आइतबार मन्त्रिस्तरिय निर्णय गर्दै अर्थ मन्त्रालयले वरिष्ठ कर्मचारीको हैसियतमा अधिकारीलाई सेबोनको निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो।

अर्थ मन्त्रालयले वरीयता क्रमका आधारमा उनलाई बोर्डको कार्य सञ्चालनको जिम्मेवारी दिइएको हो ।

बोर्डमा हाल ४ जना कार्यकारी निर्देशक रहेकोमा डा. अधिकारी वरीयता क्रममा पहिलो नम्बरमा छन् ।

निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि गत पुस २० गतेदेखि बोर्डको अध्यक्ष पद रिक्त थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved