बाबुराम भट्टराई भन्छन्- खुलामञ्चलाई खुल्लै रहन दिऊँ

पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्ब स्थल खुलामञ्च भएकाले मास्न नहुने उनको तर्क छ । खुलामञ्चलाई अझै व्यवस्थित गरेर आमजनता र सङ्गठनहरूले जनआवाज खुला रूपले मुखरित गर्न सक्ने सार्वजनिक स्थल बनाउनुपर्ने  डा भट्टराईको माग छ ।

नेपालभ्युज

बाबुराम भट्टराई भन्छन्- खुलामञ्चलाई खुल्लै रहन दिऊँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्च मासेर फुटबल ग्राउन्ड बनाउन लागेकोप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विरोध जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत ‘खुलामञ्चलाई खुल्लै रहन दिऊँ’ भनेका छन् ।

पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्ब स्थल खुलामञ्च भएकाले मास्न नहुने उनको तर्क छ । खुलामञ्चलाई अझै व्यवस्थित गरेर आमजनता र सङ्गठनहरूले जनआवाज खुला रूपले मुखरित गर्न सक्ने सार्वजनिक स्थल बनाउनुपर्ने  डा भट्टराईको माग छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्ब स्थल हो । मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा ऋषिकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अझै सम्झना हुन्छ ।’

हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रका निम्ति शुभसंकेत नरहेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘जीवन्त लोकतन्त्रमा संसद् मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्त्वपूर्ण थलो हुन्छ भन्ने नभुलौँ। ’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved