प्रधानमन्त्री कप क्रिकेट

सुदूरपश्चिमले गण्डकीलाई हरायो, शेर मल्लले लिए ५ विकेट

नेपालभ्युज

सुदूरपश्चिमले गण्डकीलाई हरायो, शेर मल्लले लिए ५ विकेट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई हराएको छ। यो सुदूरपश्चिमको लगातार तेस्रो जित हो ।

भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिमले गण्डकीलाई १०८ रनले पराजित गरेको हो।

२०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमा अलआउट भयो । गण्डकीका अस्वनी रानाले २५ र कमल परियारले २२ रन बनाए ।

३ खेलाडी डगआउट भए। ५ खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। गण्डकीलाई सस्तैमा अलआउट गर्न शेर मल्लले ५ विकेट लिए ।

पहिले ब्याटिङ गरेका सुदूरपश्चिमले पूरै ओभर खेलेर अलआउट हुनु अगाडि २०१ रन बनाएको थियो।

किरण ठगुन्नाले  ६० तथा नारायण जोशीले भने ४६ रन जोडे। गण्डकीका विपिन खत्री र अंकित न्यौपानेले ३–३ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved