प्रधानमन्त्री कप क्रिकेट

एपीएफले दियो मधेसलाई २४७ रनको लक्ष्य, आसिफ र रोहितको अर्धशतक

नेपालभ्युज

एपीएफले दियो मधेसलाई २४७ रनको लक्ष्य, आसिफ र रोहितको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा एपीएफ क्लबले मधेस प्रदेशलाई २४७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको एपीएफले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २४६ रन बनाएको हो।

एपीएफका लागि आसिफ शेख र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले। आसिफले ६९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५९ रन बनाए। रोहितले भने ७४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५८ रन बनाए। अमर रौतेला भने ४९ रनमा अविजित रहे।

मधेसका लागि प्रदिप पास्वानले र रुपेश सिंहले ३–३ विकेट लिए। रंजित कुमारले २ तथा अर्निको यादावले १विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved