सुख्खा पहिरोमा पुरिएर दोलखामा एक जनाको मृत्यु, दुई घाइते

नेपालभ्युज

काठमाडौं । सुख्खा पहिरोमा पुरिएर दोलखामा एक जनाको मृत्यु भएको छ । अन्ये दुई जना घाइते भएका छन् । दोलखाको बिगु गाउँपालिकाको लामाबगरबाट लप्ची जाने सडक निर्माणका क्रममा सुख्खा पहिरो खसेको थियो ।

सुख्खा पहिरोमा पुरिएर बिगु गाउँपालिका वडा नम्बर–१ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पहिरोमा पुरिएर सोही स्थानका ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ घाइते भएका छन् । घटनास्थल चीनसँग सिमाना जोडिएको दुर्गम क्षेत्रमा भएको र सडक तथा बाटोको पहुँच नभएका कारण घाइतेको उद्दार हुन समय लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved