काठमाडौं । बैंकहरुविरुद्ध जनकपुरका व्यापारी आन्दोलित भएका छन् । आइतबार पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरुविरुद्ध प्रदर्शन गरेको हो ।
बैंकको चर्को ब्याजविरुद्ध जनकपुरधामस्थित जनक चोकबाट उद्योगी व्यवसायी पीडित संघर्ष समितिले निकालेको र्याली राष्ट्र बैंकअगाडि पुगेर धर्नामा परिणत भएको थियो ।
संघर्ष समितिका संयोजक सुधिर पजियारले नेपालीहरुलाई नेपालमै गरिखान पाउनुपर्ने वातावरण बनाइदिन बैंकहरुसंग आग्रह गरे ।
उनले व्यापारीहरुले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्याउँदासमेत चुप लागेर बस्नुपर्ने स्थिति अन्त्य हुनुपर्ने बताए ।
बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको उनको आरोप छ । उनले बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, ब्याज बुझाउन थप समय दिनुपर्नेलगायत माग रहेको बताएका छन् ।
Facebook Comment
Comment