डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा लाइन काटिएका उद्योगमा बिजुली जोडियो

नेपालभ्युज

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा लाइन काटिएका उद्योगमा बिजुली जोडियो

काठमाडौं । विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएका उद्योगको बिजुली शुक्रबार मध्यरातमा जोडिदिएको छ ।

मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय मंगलबार गरेको थियो ।

प्राधिकरणले त्यसको चार दिनपछि मात्र लाइन जोडिदिएको हो ।

शुक्रबार राति १–२ बजेसम्म उद्योगहरूमा लाइन जोडिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए  ।

विद्युत् प्राधिकरणले ६ पुसबाट धेरै बक्यौता रहेका उद्योगमा लाइन काट्न थालेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved