लुम्बिनीमा २ सिटका लागि ७ जनाको उम्मेदवारी, जनमत पनि मैदानमा

नेपालभ्युज

लुम्बिनीमा २ सिटका लागि ७ जनाको उम्मेदवारी, जनमत पनि मैदानमा

बुटवल । लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि ७ जनाको उम्मेदवारी परेको छ । २ सिटका लागि ३ जना महिला र अन्य ४ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

महिलामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा, एमालेकी तुलसा कुमारी र राप्रपाकी विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै अर्को एक सिटका लागि माओवादीका झक्कुप्रसाद सुवेदी, एमालेका झपेन्द्रबहादुर जिसी, जनमत पार्टीका बालगोविन्द चौधरी र राप्रपाका निरनजन थापाको उम्मेदवारी दर्ता भएको छ ।

सत्ता गठबन्धनमा रहेको जनमतले यसअघि मधेसमा पनि उम्मेदवारी दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved