कोशीको मुख्य न्यायाधिवक्तामा रूपेश कोइराला नियुक्त

नेपालभ्युज

कोशीको मुख्य न्यायाधिवक्तामा रूपेश कोइराला नियुक्त

काठमाडाैं। कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रूपेश काेइराला नियुक्त भएका छन् । आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले काेइरालालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा उनलाई नियुक्ति गरिएको हो ।

उनलाई आइतबार दिउँसाे १:४५ बजे  पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved