नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै नेवानिका पाइलटमाथि मुद्दा दायर

नेपालभ्युज

काठमाडौं । नेपाल वायुसेवा निगमका एक पाइलटविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै नेवानीका आठौं तहका विमान चालक सम्राटबहादुर शाहविरुद्ध मुद्दा परेको हो।

उनीमाथि २०७१ फागुन १० देखि जुनियर क्याप्टेनमा नियुक्ति भई आठौं तहको क्याप्टेनमा बढुवा हुँदा शैक्षिक योग्यताको नक्कली सर्टिफिकेट पेस गरेको आरोप छ । उनीविरुद्ध अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

शाहले भारतको सेकेण्डरी एजुकेशन काउन्सिल उत्तर प्रदेशअन्तर्गत भीएसजे इन्टर कलेज सराहरी गोरखपुरबाट २०२३ को प्राइभेट परीक्षा उत्तीर्णसहितको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी लाभ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved