एजेन्सी । मानिसहरु आफ्नो घरमा खुशियाली तथा धन लाभका लागि धेरै प्रकारका उपाय गर्दछन् । त्यसैले यहाँ वास्तुशास्त्रले धनका लागि दिने उपाय बारे कुरा गरौं ।
वास्तुअनुसार मूल ढोकामा कुवेर देवताको प्रतिमा वा मूर्ति लगाउँदा धन लाभ हुन सक्छ । यसबारेमा ज्योतिष तथा वास्तु विशेषज्ञको भनाई के छ त ?
वास्तुअनुसार घरको उत्तर दिशातिर कुवेर देवताको मुख हुनु पर्दछ । भनिन्छ यस्तो गर्नाले शुभ फल प्राप्त हुन्छ । त्यस्तै कुवेर देवताको मुख सधैं मुख्य ढोकामा हुनुपर्दछ । यसले घरमा आउने आउने बेला कसैको नजर सिधै कुवेरमा पर्दैन ।
यसरी घरमा कुवेरको तस्वीर लगाउँदा पनि घरमा सकारात्मक ऊर्जा सञ्चार हुन्छ । साथमा नकारात्मकता कम हुन्छ ।
कुवेर देवताको तस्वीर वा मूर्तिको अनुहार घरको उत्तर दिशातिर हुँदा सुख तथा समृद्धि आउने मान्यता छ । साथमा घरमा खुशियाली पनि बनिरहन्छ । विशेषगरी भगवानप्रति आस्था भएका व्यक्तिहरुले यस्तो काम गर्दछन् । साथमा उनीहरुको आस्था पनि रहिरहन्छ ।
ज्योतिषशास्त्रले यसलाई शुभको आगमन मान्दछ । त्यसो त कुवेर भनेकै धनका देवता हुन् । त्यसैले यिनको मूर्ति वा प्रतिमा सही तरिकाले घरमा राख्दा धनसँग जोडिएका समस्या समाधान हुने विश्वास छ । यी सबै मान्यता भए पनि मेहनत नगरी मानिस कहिल्यै अगाडि बढ्न सक्दैन । त्यसैले राम्रो फल तथा धन प्राप्तिका लागि यी सबै कुरासँगै मेहनत तथा कडा परिश्रम गर्नु अनिवार्य हुन्छ ।
Facebook Comment
Comment