मञ्जुल, गौतम र श्रेष्ठको काव्यकृति ‘आमा’ सार्वजनिक

नेपालभ्युज

मञ्जुल, गौतम र श्रेष्ठको काव्यकृति ‘आमा’ सार्वजनिक

काठमाडौं । समकालीन नेपाली काव्य जगत्का तीन वरिष्ठ कवि मञ्जुल, शिव गौतम र तीर्थ श्रेष्ठले संयुक्तरुपमा तयार पारेको काव्यकृति ‘आमा’ आज लोकापर्ण गरिएको छ ।

आज यहाँ नेपाली लेखक संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदार भक्त माथेमाले कृतिको लोकार्पण गरेका हुन् । माथेमाले उक्त काव्य कृतिमा प्राकृतिक विम्ब समावेश भएकाले पुस्तक अत्यन्तै उपयोगी र पठनीय रहेको बताए । उनले विद्यालय तहदेखिनै विद्यार्थीमा साहित्यसम्बन्धी ज्ञान दिन आवश्यक रहेको बताए ।

जम्मा ७९ पेजमा तयर गरिएको उक्त पुस्तकमा तीन कविहरुले तीन खण्डमा आमा शीर्षकका कविता लेखेका छन् । पुस्तकको मुल्य दुई सय ५० निर्धारण गरिएको छ ।

उक्त पुस्तकका लेखक एवं कवि तीर्थ श्रष्ठले संसारमा सबैभन्दा बढी बोलिने, खर्च गरिने र प्रिय शब्द आमा भएकाले यस शीर्षकमा नेख्नका लागि आफू कहिल्यै नथाक्ने बताए । त्यस्तै अर्का लेखक शिव गौतमले आमाको स्पर्श र अभाव साथैसाथै रहिरहने बताए ।

सो अवसरमा कवि मञ्जुल, गौतम र श्रेष्ठको कवितामा सरल भाषामा लेखिएका गहन अनुभूति र विचार पाइने भएकाले आफूसहित तीनै जना मिलेर संयुक्तरुपमा काव्यकृति तयार पारी सार्वजनिक गरिएको जानकारी दिइएको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved