यस्तो छ नेपालमा भारतीय विदेशमन्त्री जयशंकरको परिवर्तित कार्यतालिका

नेपालभ्युज

यस्तो छ नेपालमा भारतीय विदेशमन्त्री जयशंकरको परिवर्तित कार्यतालिका

काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपाल भ्रमणका क्रममा भोली बिहीबार काठमाडौं आउँदैछन् । दुई दिने भ्रमणमा आउन लागेका विदेशमन्त्रीको कार्यतालिकामा केही हेरफेर भएको छ ।

यस्तो छ मन्त्री जयशंकरको परिवर्तित भ्रमण तालिका :

विदेशमन्त्री जयशंकर बिहीबार बिहान १०:०० मा भारतीय वायु सेनाको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । उनलाई परराष्ट्र सचिव सेवा लम्सालले विमानस्थलमा स्वागत गर्नेछिन् ।

केही समय आराम गरेपछि उनले भेटवार्ता सुरु गर्नेछन् । विहान ११ बजे विदेशमन्त्री जयशंकर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि शीतलनिवासमा पुग्नेछन् ।

राष्ट्रपतिसँगको भेटवार्ता सकिएपछि उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न १२:०० बजे बालुवाटार पुग्नेछन् ।

विदेशमन्त्री जयशंकर १ बजे होटल याक एण्ड यतिमा परराष्ट्र मन्त्रीसँग भेटवार्ता हुनेछ । सवा १ बजे त्यहीं आयोजित नेपाल भारत संयुक्त आयोगको सातौँ बैठकमा उनी सहभागी हुनेछन् ।

दिउँसो १:४५ बजे माइन्युट-एमओयु र विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ ।

दिउँसो २ बजे उनी याक एण्ड यति होटलमै आयोजित दिवा भोजमा सहभागी हुनेछन् ।

३:४० मा उनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुनेछ भने ४:३० बजे नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता हुनेछ ।

साँझ ६ः१५ मा परराष्ट्रमन्त्रीले होटल सोल्टीमा आयोजना गरेको रात्रीभोजमा जयशंकर सहभागी हुनेछन् ।

शुक्रबार बिहान ८ बजे उनी पशुपतिनाथ पुग्नेछन् भने ९ बजे उनले त्रिवि पुस्ताकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्नेछन् । विदेशमन्त्री जयशंकर दिउँसो साढे १२ बजे दिल्ली प्रस्थान गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved