राष्ट्रिय सभामा माओवादीलाई ६ सिट

नेपालभ्युज

राष्ट्रिय सभामा माओवादीलाई ६ सिट

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभामा ६ सिट पाउने भएको छ ।

फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यहरूको पदावधि सकिँदैछ । त्यसका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।

उक्त निर्वाचनमा माओवादीले ६ सिट पाउने भएको हो । माओवादी सचिव देवेन्द्र पौडेलले भने— हामीले ६ सिट पाउने भएका छौँ । गठबन्धनमा ७ सिट भनेका थियौँ, तर ६ सिटमा कुरा मिलेको छ ।

माओवादीले यसअघि नै हरेक प्रदेशलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिइसकेको छ । “प्रदेशबाट सिफारिस आएपछि त्यहाँबाट क्लस्टर मिलाएर उम्मेदवार तय गर्छौँ,” सचिव पौडेलले भने ।

त्यसबाहेक बाँकी सिट सत्ता साझेदार दलहरूले बाँड्नेछन् । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले कम्तीमा १० सिटमा दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved