बर्नलीलाई पराजित गरेसँगै एस्टनभिल्ला दोस्रो स्थानमा उक्लियो, लिभरपुल शिर्षस्थानमा

नेपालभ्युज

बर्नलीलाई पराजित गरेसँगै एस्टनभिल्ला दोस्रो स्थानमा उक्लियो, लिभरपुल शिर्षस्थानमा

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग सेफिल्ड युनाइटेड पराजित भएको छ । गएराति भएको खेलमा सिटीले सेफिल्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै सिटी तेस्रो स्थानमा उक्लिएको छ । १९ खेलबाट सिटीको ४० अंक भएको छ ।

अर्को खेलमा एस्टनभिल्लाले बर्नलीलाई ३–२ गोलले पराजित गरेको छ । एस्टनभिल्लाले शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ । तर २० खेलमा ४२ अंकका साथ एस्टन भिल्ला दोस्रो स्थानमा छ ।

पहिलो स्थानमा रहेको लिभरपुलको १९ खेलबाट ४२ अंक भएको छ ।
गएराति नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेड नटिङ्घम फरेस्टसँग पराजित भएको छ । युनाइटेड २–१ गोलले पराजित भएको हो । युनाइटेड २० खेलमा ३१ अंककासाथ सातौँ स्थानमा छ ।

त्यस्तै गएराति भएको खेलमा चेल्सीले लुटन टाउनलाई ३–२ गोलले र क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डलाई ३–१ गोलले पराजित गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved