निजगढलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा अघि बढाउनुपर्छ : मन्त्री किराती

नेपालभ्युज

निजगढलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा अघि बढाउनुपर्छ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

आगामी १० वर्षपछि यो विमानस्थलमा धेरै अप्ठेरो आउने उनको भनाइ छ ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको पनि बताए । पोखरा, निजगढ, भैरहवा र काठमाडौंको विमानस्थललाई पीपीपी मोडलमा लानेगरी प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved