मन्त्रीको गाडी जलाएपछि प्रदर्शनकारीमाथि धरपकड तीव्र, दर्जनभन्दा बढी समातिए (फोटो फिचर)

मन्त्रीको गाडी जलाएपछि प्रदर्शनकारीमाथि धरपकड तीव्र, दर्जनभन्दा बढी समातिए (फोटो फिचर)
शुक्रबार बालकुमारीमा भएको आन्दोलनमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदै प्रहरी

काठमाडौं । ललितपुरको बालकुमारीका प्रदर्शनकारीलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएपछि प्रदर्शनकारीमाथि धरपकड तीव्र पारिएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर युवाहरू प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले मन्त्रीको गाडीमाथि आगजनी गरेपछि लखेटिएका प्रदर्शनकारीहरू एकान्तकुना पुगेर आन्दोलन गरिरहेका छन् । आन्दोलनपछि रिङरोडको सवारी आवागमनमा असर परेको छ ।

सुजनको मृत्युले शोकमा दैलेखको महाबु : ढल्यो ‘विधवा’ आमाको खम्बा, बेसहारा भए भाइबहिनी

एकान्तकुनादेखि बालकुमारीसम्मको यातायात ठप्प छ । उनीहरूलाई तितरबितर पार्ने र पक्राउ गर्ने काम भइरहेको छ । अहिलेसम्म दर्जन भन्दा बढी समातिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved