कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, मन्त्रीलाई बोलाएर प्रश्न गरिने

नेपालभ्युज

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, मन्त्रीलाई बोलाएर प्रश्न गरिने

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । सरकारमा सहभागी मन्त्रीको कार्यसम्पादनको समीक्षा बैठकको मुख्य एजेण्डा बनाइएको छ ।

प्रचण्ड सरकारमा कांग्रेसका मन्त्रीहरुले १० महिना बिताइसकेका छन् । सरकारको कार्यशैलीलाई लिएर सर्वत्र आलोचना भइरहदा कांग्रेसले आजको बैठकमा सरकारको कार्यसम्पादनको समीक्षा गर्न लागेको हो ।

मन्त्रीहरुले पनि आजको बैठकमा केन्द्रीय समितिलाई आफ्नो कार्य प्रगती विवरण पेश गर्ने तयारी गरेका छन् । पार्टीभित्रै मन्त्रीको कार्यसम्पादनलाई लिएर तिब्र आलोचना बढेपछि बैठकमा उपलब्धी प्रस्तुत गर्ने तयारी गरेका हुन् ।

मन्त्रीहरुले आफ्ना विवरण सुनाएपछि मन्त्रीसँग केन्द्रीय सदस्यको प्रश्नोत्तर कार्यक्रम राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम्ले आफ्नो चाहना अनुसार काम नभएको बताएपछि कांग्रेस नेताहरुलाई मन्त्रीसँग स्पष्टिकरण सोध्ने थप मौका मिलेको छ ।

प्रधानमन्त्री दाहालले गठबन्धन दलका मन्त्रीको कार्यसम्पादनबाट असन्तुष्टि ब्यक्त गरेका थिए । त्यस्तै जारी बैठकमा राष्ट्रिय मेलमिलाप दिवस मनाउने विषय पनि एजेण्डामा राखिएको प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved