राजनीतिक सहमतिहरु न्यायालयलाई जानकारी गराउने मोर्चाको निर्णय

मोर्चाको संयोजकमा नेपालकै निरन्तरता

नेपालभ्युज

राजनीतिक सहमतिहरु न्यायालयलाई जानकारी गराउने मोर्चाको निर्णय

काठमाडौं । चारदल सम्मिलित समाजवादी मोर्चाले दलहरुबीच भएका राजनीतिक सहमतिलाई न्यायलयसमक्ष जानकारी गराउने निर्णय गरेको छ ।

मोर्चामा सम्मिलित नेकपा विप्लवसमूहका नेताहरुलाई अदालतले जारी गरेको पक्राउ पुर्जीको म्याद सकिनै लाग्दा राजनीतिक मुद्दाका विषयमा भएका दलीय सहमतिलाई अदालतसमक्ष जानकारी गराउने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटार गएराति अबेर सम्पन्न बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेत्रविक्रम चन्द विप्लव तथा उपेन्द्र यादवविरुद्ध भएको मुद्दाहरुबारे भएका राजनीतिका सहमतिहरु न्यायालयसमक्ष जानकारी गराउने निर्णय गरेको नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

राजनीतिक मुद्दाका विषयमा दलहरुबीच भएका सम्झौताहरु सरकारलाई तथा न्यायालयलाई जानकारी गराउने मोर्चाबीच सहमति भएको छ । त्यस्तै, बैठकले समाजवादी मोर्चाको संयोजकमा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय पनि गरेको छ ।

बैठकले माघको पहिलो हप्तामा अन्तक्र्रिया र दोस्रो हप्तामा सहिद दिवसका अवसरमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।

मोर्चाको सङ्गठन विस्तार हुन बाँकी रहेका जिल्लामा पुस मसान्तसम्ममा गठन गरिसक्ने मोर्चाले निर्णय गरेको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved