वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीमाथि श्रीमतीले हालिन् दुईवटा मुद्दा

नेपालभ्युज

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीमाथि श्रीमतीले हालिन् दुईवटा मुद्दा

काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीमाथि मुद्दा दायर भएको छ । उनकै पत्नी जानकी पाण्डेले भण्डारीमाथि मुद्दा दायर गरेकी हुन् ।

आफूमाथि शारीरिक, मानसिक हिंसा गरेको भन्दै पाण्डेले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। उनले बिहे दर्ता गर्न नमानेकोसमेत आरोप लगाएकी छन् ।

पाण्डेले हिंसा गरेको र विवाह दर्ता गर्न नमानेको विषयमा छुट्टाछुट्टै मुद्दा हालेकी छिन् । विवाह दर्ता गर्न नमानेकाले उनले नाता कायमको मुद्दा हालेकी हुन् । अधिवक्तासमेत रहेकी उनले संरक्षणात्मक आदेश मागेकी छन्।

उनीहरूको विवाह २०७४ साल माघ १९ गते विवाह भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved