विप्लवको प्रश्न – सहमतिसँगै घेराबन्दी गर्ने सरकारको दोहोरो चरित्र के हो ?

नेपालभ्युज

विप्लवको प्रश्न – सहमतिसँगै घेराबन्दी गर्ने सरकारको दोहोरो चरित्र के हो ?

काठमाडौं । समाजवादी मोर्चामा आवद्ध चार दलकोे बैठक साँझ पुनः बस्ने गरि सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक अनिर्णित भएपछि साँझ ६ बजे फेरि बस्ने गरि स्थगित भएको हो ।

बैठकमा नेकपा माओवादीका नेतालाई अदालतले जारी गरेको पक्राउ पूर्जीका विषयमा महासचिव नेत्रविक्रम चन्द विप्लबले सरकारको धारण माग गरेका थिए । सरकारले दोहोरो चरित्र प्रदर्शन गरेको भन्दै विप्लवले बैठकमा असन्तुष्टि व्यक्त गरेका थिए ।

बालुवाटारबाट बाहिरिदै गर्दा विप्लवले सञ्चारकर्मीसँग सहमति र घेराबन्दी गरेर सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाए । बैठकमा सरकारको १ वर्षे समीक्षा, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा सामान्य छलफल भएको बताइएको छ ।

सरकारको एक वर्षे कार्यकाल सकिएको भोलिपल्ट मोर्चाको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहहरू सहभागी थिए ।

प्रधानमन्त्री दाहाल पार्टीको कार्यक्रममा गोरखा जानुपर्ने भएपछि बैठक साँझ बस्ने गरि स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत असार ४ गते नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा गठन भएको थियो । त्यस यता मोर्चाले संयुक्त कार्यक्रम गर्दै आएका छन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved