काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक शुरू भएको छ । सरकारको एक वर्षे कार्यकाल सकिएको भोलिपल्ट मोर्चाको बैठक बसेको हो । बैठकमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेता सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहहरू सहभागी छन् ।
अदालतको पक्राउ पूर्जी जारी भएका विप्लवसँगै खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि बैठकमा सहभागी छन् ।
समसामयिक राजनीति विषयवस्तुसँगै सरकारको आगामी योजनाबारे मोर्चा आबद्ध दलसँग छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारको समीक्षा, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल भइरहेको छ । गत असार ४ गते चार दलले समाजवादी मोर्चा गठन गरेका थिए ।
Facebook Comment
Comment