रविको आरोप- गृहमन्त्रीलाई सुन तस्करीको प्रमाण दिएँ, तर उल्टै तस्करलाई नै जोगाइदिए

भन्छन्– सरकारमा जानेबारे केही सोचिएको छैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका छन् ।

नेपालभ्युज

रविको आरोप- गृहमन्त्रीलाई सुन तस्करीको प्रमाण दिएँ, तर उल्टै तस्करलाई नै जोगाइदिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका छन् ।

नारायणघाटदेखि बुटवलसम्मको पैदलयात्रा सुरु गर्दै सभापति लामिछाने गृहमन्त्री श्रेष्ठमाथि खनिएका हुन् । उनले सुन तस्करीको प्रमाण दिँदा पनि गृहमन्त्री श्रेष्ठले तस्करकै संरक्षण गरेको आरोपसमेत लगाएका छन्।

‘मैले सदनमा नै सुन तस्करीको सूचना भएको जानकारी गराएको थिएँ’, उनले भने, ‘मैले गृहमन्त्रीको क्याबिन, सिंहदरबारमा गएर सबै प्रमाण देखाएँ । तर गृहमन्त्रीले उल्टै दोषीलाई संरक्षण पो गर्नुभयो ।’

अहिले सरकार परिवर्तनसँगै आफूहरु पनि सरकारमा सामेल हुने हल्ला चलेको भन्दै उनले त्यसमा कुनै सत्यता नभएको दाबी गरे । ‘अहिले पनि सरकार फेरबदल हुन लाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला’, उनको भनाइ छ, ‘म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन ।’

उनले पत्रकार सम्मेलनको अधिकांश समय गृहमन्त्रीको आलोचना गर्नुमै खर्च गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved