पूर्वी नवलपरासीमा सासूबुहारीको शव भेटियो

नेपालभ्युज

पूर्वी नवलपरासीमा सासूबुहारीको शव भेटियो

काठमाडौं । पूर्वी नवलपरासीको सामुदायिक वनमा सासूबुहारी मृत फेला परेका छन् । विनयत्रिवेणी गाँउपालिकाको विनय सामुदायिक वनमा घाँस काट्न गएकी ६० वर्षिया मनादेवी पौडेल र २८ वर्षिया विष्णु पौडेल मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो । कम्मरमा चोट लागेको र घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

चोटका आधारमा बाघको आक्रमणबाट दुवै जनाको मृत्यु भएको स्थानीयको भनाई छ ।

आइतबार दिउसो सासु बुहारी घाँस काट्न जंगल गएका थिए । राति अबेरसम्म पनि उनीहरु नफर्किएपछि प्रहरीले खोजतलास गरेको थियो । गाउलेसहितको समूहले खोजी गर्दा गएराति उनीहरु मृतृ भेटिएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved