सिटी टुर्स एण्ड ट्राभल्सका सञ्चालक कार्कीको अवैध धन्दा : नक्कली भिजिट भिसाबाट मानव तस्करी

नेपालभ्युज

सिटी टुर्स एण्ड ट्राभल्सका सञ्चालक कार्कीको अवैध धन्दा : नक्कली भिजिट भिसाबाट मानव तस्करी

काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिटी टुर्स एण्ड ट्राभल्सका सञ्चालक विनोद कार्की रहेका छन् ।

उनीमाथि नक्कली भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाएको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्कीलाई बल्खुबाट पक्राउ गरिएको जनाएको छ।

शनिश्चरे नगरपालिका–७ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोल बस्ने कार्कीले भिजिट भिसामा विदेश जानेहरुको कागजात बनाउन सेटिङ गर्ने गरेको पाइएको कार्यालयका प्रहरी निरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

केही दिनअघि त्रिभुवन विमानस्थलमा जाँचका क्रममा एक हजार पाँच सय १३ कागजात जाँच गर्दा दुई सय ४६ कागजात नक्कली देखिएको थियो । प्रारम्भिक अनुसन्धानले सो नक्कली कागजातमा कार्कीके संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

कागजातमा नक्कली कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरण नक्कली देखिएकामा उक्त कागजात बनाउने व्यक्तिको पहिचान गर्ने निजलाई पक्राउ बिहीबार पक्राउ गरेर आज सार्वजनिक गरिएको हो ।

उक्त नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा एजेन्ट, कन्सलटेन्सी, ट्राभल्स एजेन्सीले एयरलाइन्सलाई प्रतिव्यक्ति रु १० हजारदेखि रु १५ हजारसम्म र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति रु ४० हजारदेखि रु ५५ हजारसम्म दिएर मिलाइ विदेश पठाउने खुल्न आएको रेग्मीले बताए ।

थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी परिसर टेकुमा पठाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved