काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले नेपाली कांग्रेसमा मर्यादाक्रमसम्बन्धी कुनै विवाद नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस बागमती प्रदेशको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेसको मर्यादाक्रममा वरिष्ठ नेतासम्बन्धी कुनैपनि निर्णय नभएको पनि बताए ।
वागमती प्रदेशको अधिवेशनमा विधान र प्रक्रियाबमोजिम नै आसनग्रहण हुने उनको भनइ थियो ।
‘नेपाली कांग्रेसको मर्यादाक्रमबारे पार्टीले अहिलेसम्म निर्णय गरेको छैन’, उनले भने, ‘स्व. गिरिजाप्रसाद कोईरालाले पार्टी एकता हुँदा माइन्युटमा नै मेन्सन गरेर शेरबहादुर देउवा वरिष्ठ नेता भनेको अवस्था थियो । त्यसपछि अहिलेका वर्तमान सभापतिले वरिष्ठ नेता रामचन्द्र पौडेल, अहिलेका राष्ट्रपति रामचन्द्र पौडेललाई भनेको हो । अहिले वरिष्ठको बारेमा कसैले पनि टेन्सन लिनुपर्दैन ।’
उनले वागमती प्रदेशले वधि, पद्धतिअनुसार नै प्रदेश सम्मेलन अघि बढाउने बताए ।
Facebook Comment
Comment