धुमपान फोक्सोलाई मात्र होइन मुटु तथा दिमागका लागि पनि घातक

नेपालभ्युज

धुमपान फोक्सोलाई मात्र होइन मुटु तथा दिमागका लागि पनि घातक

एजेन्सी । धुमपान र सुर्तीको सेवन स्वास्थ्यका लागि एकदमै घातक हुन्छ । यसले केवल फोक्सो मात्र होइन, पूरा शरीरमै नोक्सान पुर्‍ याउँछ ।

स्वास्थ्यखबर अनुसार यसले आँखालाई पनि क्षति पुर्‍याउँछ । धुमपान तथा सुर्तीजन्य पदार्थ मुटु, रगतको नसा नसामा पनि नोक्सान पुर्‍याउँछ । यसले शरीरमा कैयौं रसायन छोड्छ, जसले गर्दा नसाहरु कमजोर हुन थाल्छन् ।

धुमपानले एचजीएल कोलेस्ट्रोल कम हुन्छ, तर एलडीएल बढ्ने गर्छ । धुम्रपान नियमित रुपमा गर्दा मधुमेह, हृदयघातको जोखिम पनि कैयौं गुणा बढ्छ ।
त्यस्तै मुटुको धड्कन अनियमित हुनाले कार्डिएक अरेस्टको खतरा पनि बढेर जान्छ । धुमपानका कारण रगतका ढिक्काहरु बन्न थाल्छन् जसले गर्दा ब्रेन अट्याकको जोखिम पनि एकदमै धेरै बढ्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved