गरिमा विकासको लाभांश घोषणा, सेयरधनीले १० प्रतिशत पाउने 

नेपालभ्युज

गरिमा विकासको लाभांश घोषणा, सेयरधनीले १० प्रतिशत पाउने 

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको कुल मुनाफाबाट लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा भएको हो ।

बैंकको हाल कुल चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँ रहेको छ । जसबाट ५१ करोड ८७ लाख ६८ हजार रुपैयाँ अर्थात् १० प्रतिशत बैंकले आफ्ना सेयरधनीहरुलाई दिने भएको हो ।

जसमा ९ दशमलव ५० प्रतिशतका दरले हुन आउने ४९ करोड २८ लाख ३० हजार रुपैयाँ बराबर बोनस सेयर रहेको छ भने ० दशमलव ५० प्रतिशत अर्थात् २ करोड ५९ लाख ३८ हजार रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र बैंकका सेयरधनीहरुलाई वितरण गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved