ह्वाइट हाउस कलेजमा छात्रामाथि यौन दुर्व्यवहार, कुरा बाहिर ल्याए फेल गराइदिने धम्की

नेपालभ्युज

ह्वाइट हाउस कलेजमा छात्रामाथि यौन दुर्व्यवहार, कुरा बाहिर ल्याए फेल गराइदिने धम्की

काठमाडौं । काठमाडौंको तिनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टनेसनल कलेजकी एक छात्रा माथि यौन दुर्व्यवहार भएको छ । कक्षा १२ मा अध्ययनरत छात्रामाथि कलेजका अनुशासन प्रमुख (डीआई)ले यौन दुर्व्यवहार गरेका हुन् ।

डीआईले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । बुधबार अभिभावकहरुसहित विद्यार्थीहरुले डीआईलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

घटनाबारे विद्यार्थीहरुले प्रधानाध्यापकसँग छलफलसमेत गरेका थिए । तर, प्रधानाध्यापकले घटनाबारे चुपचाप बस्न दबाब दिएको विद्यार्थीले बताएका छन् । ‘घटना बाहिर ल्याए कलेजबाट निष्कासन गर्ने फेल गर्ने धम्की आएको छ ।’ ती विद्यार्थीले भने ।

दुर्व्यवहारको कुरा गर्दा प्रधानाध्यापकले विद्यार्थीलाई कोठाभित्र कुटपिटसमेत गरेको आरोप छ । विद्यार्थीले प्रहरीमासमेत खबर गरेका थिए । तर, प्रहरीले पनि कलेज प्रशासनसँग मिलेर बेवास्ता गरेको विद्यार्थीको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved