क्लब विश्वकपको उपाधिका लागि सिटी र फ्लुमिनेन्स भिड्ने

नेपालभ्युज

क्लब विश्वकपको उपाधिका लागि सिटी र फ्लुमिनेन्स भिड्ने

काठमाडौं । फिफा क्लब विश्वकपको उपाधिका लागि इङ्लिस् क्लब म्यानचेस्टर सिटी र ब्राजिलियन च्याम्पियन फ्लुमिनेन्स भिड्ने भएका छन् ।

गएराति भएको खेलमा जापानको उरावा रेड्स डाइमण्ड लाई ३–० ले हराउँदै सिटी पहिलो पटक क्लब विश्वकपको फाइनलमा पुगेको हो ।

पहिलो हाफको इन्जुरी समयमा उरावाका मारियस

हेइब्रोकनले आत्मघाती गोल सिटीका लागि उपहार बनेको छ ।

सिटीका मातेयो कोभासिचले ५२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। बर्नान्डो सिल्भाले खेलको ५९औँ मिनेटमा गोल गर्दै सिटीलाई सहज जित दिलाएका हुन् ।

फ्लुमिनेन्सले भने इजिप्टको अल आलीलाई २–० ले हराउँदै उपाधिको दाबेदार बनेको हो । फाइनल खेल आगामी शुक्रबार साउदी अरबमा हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved