एनसेल प्रकरणमा छलफल गर्न राज्यव्यवस्था समितिको बैठक बस्दै

नेपालभ्युज

एनसेल प्रकरणमा छलफल गर्न राज्यव्यवस्था समितिको बैठक बस्दै

काठमाडौं । एनसेल प्रकरणका विषयमा भइरहेका छानबिन र प्रगतिका विषयमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । सरकारले गठन गरेको छानबिन समिति र अन्य निकायमा भइरहेको प्रगतिलगायतमा बुझ्न बैठक बोलाइएको समिति सभापति रामहरि खतिवडाले बताए । बैठक विहान सिंहदरवारस्थित समितिको कार्यालयमा बस्ने छ ।

यसअघि संसदको लेखा समितिले एनसेल खरिद–बिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिइसकेको छ । सरकारले पनि एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

समितिले एक महिनाको समय पाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved