दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मामा–भान्जाको मृत्यु

नेपालभ्युज

दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मामा–भान्जाको मृत्यु

काठमाडौं । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।

गएराति रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा घाइते भएका प्यूठानको झिमरुक गाउँपालिका–४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका–६ लुङका १८ वर्षीय सागर केसीको उपचारका क्रममा मृत्यु भएको हो । उनीहरु मामा भान्जा हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका– ९ का २६ वर्षीय इश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved