खाणले बुझाए सम्पत्ति शुद्धीकरणलाई १५ लाख धरौटी, अख्तियारबाट पनि उन्मुक्ति पाए आजै छुट्ने

नेपालभ्युज

खाणले बुझाए सम्पत्ति शुद्धीकरणलाई १५ लाख धरौटी, अख्तियारबाट पनि उन्मुक्ति पाए आजै छुट्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटीमा जेलबाट छुटेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १५ लाख धरौटी बुझाएका छन् ।

जेलबाट ३० लाख धरौटीमा छुटेका खाणसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ लाख धरौटी मागेको हो । शुक्रवार दिउँसो अदालतबाट छुटेका खाणलाई सम्पत्ति शुद्धीकरण विभागमा ल्याइए पनि उनका आफन्तले तिरिदिएका छन् ।

उनीसँग विभागले बयान लिएको थियो । बयानमा खाणले आफैँले लिखित जवाफ दिएका छन् ।

खाणलाई शुक्रवार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराइँदैछ । अख्तियारबाट पनि धरौटी वा साधारण तारेख पाए खाँण आजै रिहा हुनेछन् । अख्तियारले उनीसँग बयान लिँदैछ ।

अख्तियार स्रोतले भन्यो, ‘‘बयानपछि धरौटीमा छोड्यो भने मात्र खाण प्रहरी नियन्त्रणबाट बाहिर हुनेछन् ।’’

उच्च अदालत पाटनले बिहीबार पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री खाणलाई धरौटीमा छोड्न आदेश दिएको थियो । त्यसपछि उनी जेलबाट शुक्रबार छुटेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved