बीमा प्राधिकरणले काम गर्ने प्रक्रिया परिवर्तन गर्न आवश्यक छ : अर्थमन्त्री महत

नेपालभ्युज

बीमा प्राधिकरणले काम गर्ने प्रक्रिया परिवर्तन गर्न आवश्यक छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा‍.प्रकाश शरण महतले बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा धेरै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार ललितपुरमा बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा।महतले यस्तो बताएका हुन् ।

उनले बीमा क्षेत्रमा भएका विकृति र विसङ्गतिहरू नियन्त्रण गर्न प्राधिकरणले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको बताए । उनले प्राधिकरणले बीमा कम्पनी वा कसैको प्रभावमा नपरी निष्पक्ष ढङ्गले काम गरे मात्रै बीमा क्षेत्रमा सुधार हुने अपेक्षा रहेको उल्लेख गरे ।

प्राधिकरणले वास्तविकतामा नियमनको काम गरे मात्रै बीमा क्षेत्रको गुणस्तरमा वृद्धि हुने दाबी गरे । बीमा कम्पनीहरूले बीमा लिने बेलामा आकर्षण विज्ञापन गर्ने तर दिने बेलामा झन्झटिलो प्रक्रिया गराउने काममा प्राधिकरणले सहज बनाउने गरी काम गर्न आग्रह गरे । बीमा कम्पनीहरूले आकर्षित विज्ञापन गरी बीमा गराएर स्रोत जम्मा गर्ने र दिने बेलामा अनेकौँ मझौला गराउँदा बीमा गराउनेहरू कम हुँदै गएको बताए ।

‘बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले गर्ने कामको तौर तरिकामा आमूल परिवर्तन गर्नुपर्छ’, उनले भने ‘कामको गुणस्तरमा वृद्धि गर्नुपर्‍यो बीमा कम्पनीहरूले लिने बेलामा आकर्षित विज्ञापन तारा खसाल्ने गरी गरेको देखिन्छ ।’

उनले बीमा क्षेत्रको सुधारको लागि नियामक निकाय बीमा प्राधिकरणले निर्मम भएर काम गर्न आग्रह गरे । उनले प्राधिकरणलाई कसैको प्रभावमा नपरी वास्तविकतामा रहेर काम गर्न निर्देशन दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved