आज महानगर दिवस, यस वर्षदेखि सैनिकमञ्च टुँडिखेलमा

नेपालभ्युज

आज महानगर दिवस, यस वर्षदेखि सैनिकमञ्च टुँडिखेलमा

काठमाडौ । काठमाडौं महानगरपालिकाले टुँडिखेलमा आज २९औँ महानगर दिवस मनाउँदै छ । महानगरपालिकाको कार्यक्रम सैनिक मञ्चमा हुन लागेको यो पहिलो पटक हो । गत वर्षहरुमा वसन्तपुरमा गरिने दिवस यसपालि टुँडीखेलमा गर्न लागिएको हो ।

महानगरले वसन्तपुरमा गाडी प्रवेशमा रोक लगाएकाले यसवर्षदेखि महानगर दिवस सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको मेयर बालेन्द्र साहले बताए । कार्यक्रममा सांस्कृतिक झाँकीहरु प्रस्तुत हुनेछन् ।

त्यस्तै दिवसको अवसर पारेर बाँसुरीवादन प्रतियोगितामा विजयी भएका समूहलाई नगद पुरस्कारसहित शिल्ड प्रदान गरिएको  छ। प्रतियोगितामा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा  समूह पहिलो भएको छ ।

उसले १ लाख ५० हजार रुपैयाँ नगद र शिल्ड प्राप्त गरेको महानगरले जनाएको छ । प्रतियोगितामा विभिन्न ७ वटा समूहले भाग लिएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved