नेपाली हस्तकला वस्तु अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्न पहल, २० औं संस्करणको मेला सुरु

विदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गरी आयातकर्ता र उपभोक्ताबीच पनि सम्बन्ध विस्तार गर्न यस्ता मेलाले सघाउ पुर्याउने विश्वास

नेपाली हस्तकला वस्तु अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्न पहल, २० औं संस्करणको मेला सुरु

काठमाडौं । २० औं संस्करणको ‘हस्तकला व्यापार मेला’ सुरु भएको छ । पाँच दिनसम्म चल्ने यो मेला काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा सुरु भएको हो ।

नेपाल हस्तकला महासंघको आयोजनामा सुरु भएको मेला पुस २ गतेसम्म चल्नेछ । हस्तकला मेलाको यो २० औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८ औं संस्करण हो ।

मेलामा हस्तकलाका वस्तुहरुको करिब १२५ वटा स्टलहरु छन् । मेलामा विदेशी प्रदर्शनीकर्ताले समेत भाग लिएको महासंघले जनाएको छ । भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका मुलुकबाट सहभागिता रहेको हो ।

नेपाली हस्तकला वस्तुहरुको अन्तरराष्ट्रिय रुपमा बजारीकरण गर्ने उद्देश्यले यो मेला गरिँदै आएको छ । विदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गरी आयातकर्ता र उपभोक्ताबीच पनि सम्बन्ध विस्तार गर्न यस्ता मेलाले सघाउ पुर्याउने विश्वास लिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved