सांसद सिंहले दर्ता गरेको रिटमा आज सुनुवाइ हुने

नेपालभ्युज

सांसद सिंहले दर्ता गरेको रिटमा आज सुनुवाइ हुने

काठमाडौं । सांसद डा. अमरेशकुमार सिंहले एनसेलविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने  भएको छ । लगाार दुई दिनसम्म हेर्न नभ्याइनेमा परेको रिटमा आज सुनुवाइ हुने भएको हो ।

गएको शुक्रबार सांसद सिंहले दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन हेर्न नभ्याइनेमा परेपछि सांसद सिंहको रिटको पेसी आजलाई तोकिएको छ

सांसद सिंहले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नु अस्वभाविक भएको भन्दै आर्थिक चलखेल भएको आरोप लगाएका छन् । सांसद सिंहले सेयर बिक्रिमा ठूलो आर्थिक चलखेल भएको जिकिर गरेका छन् ।

प्रधानमन्त्री परिवारका सदस्य नै ठुला चलखेलमा सक्रिय रहेको सांसद सिंहको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved