हाम्रो खबरदारी ८२ प्लस तीनका लागि हो, कुनै दल लक्षित होइन : किराती

नेपालभ्युज

हाम्रो खबरदारी ८२ प्लस तीनका लागि हो, कुनै दल लक्षित होइन : किराती

खोटाङ । किरात गणराज्य मोर्चाका संरक्षक तथा प्रदेश नं. १ पुन: नामाकरण सङ्घर्ष समितिका नेता गोपाल किरातीले आफूहरूको खबरदारी ८२ प्लस तीनका लागि भएको प्रष्ट्याएका छन् ।

सोमबार जिल्लाको हलेसीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै नेता किरातीले भने— हाम्रो अभियान कुनै राजनीतिक दलप्रति लक्षित होइन, पहिचानविरुद्धका ती ८२ जना सांसद र नेकपा (एमाले) का ३ नेता; जो पहिचानविरुद्ध लागेका छन्, उनीहरूका लागि हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतले पहिचान देखिनसहेको उल्लेख गर्दै उनले भने— जनतासँग प्रतिनिधि भएर, जनताको नेता भनेर आफूलाई दाबी गरेर, सदनलाई आफ्नो पक्षमा जमाएर प्रगतिशील अनि पहिचानवादीहरूलाई हेप्न पाइँदैन । त्यो हुन हामी दिँदैनौँ ।

त्यसकै लागि आफूहरूले घुर्मी बजारदेखि खबरदारी सभा गर्दै आएको उनले बताए । “हामीले खबरदारी गरिरहेका छौँ । हाम्रो आन्दोलन बिथोल्न, कुल्चन र आन्दोलनलाई निस्तेज पार्न कुनै पनि हालतमा दिँदैनौँ,” उनले भने ।

यसअघि तत्कालीन प्रदेश नं. १ को नाम कोशी प्रस्ताव हुँदा ८२ जना प्रदेशसभा सदस्यले पक्षमा मतदान गरेका थिए । समितिले प्रदेशको नाम सङ्घीयतासहितको पहिचानको मर्मअनुरूप पुनर्नामाकरणको माग गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved