एनएसएल : बुटवल लुम्बिनीले काठमाडौंलाई हरायो

नेपालभ्युज

एनएसएल : बुटवल लुम्बिनीले काठमाडौंलाई हरायो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले काठमाडौं रेजर्सलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

बुटवल लुम्बिनीको जितमा स्टेफेन समिर बिनोंग र एरिक विष्टले एक एक गोल गरेका थिए भने काठमाडौं रेजर्सका लागि राजीव लोप्चनले एक गोल गरेका थिए ।

यो जितसँगै बुटवल लुम्बिनी  ५ खेलमा ७ अंक जोड्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने काठमाडौं रेजर्सले  यस सिजनमा पहिलो हार बेहोरेको छ । यो हारसँगै काठमाडौंको ४ खेलमा ५ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved