शान्तिबाटिकामा पनि धर्ना बस्न नपाएपछि मिटरब्याजपीडित प्रदर्शनमा उत्रिए (तस्वीरहरू)

शान्तिबाटिकामा पनि धर्ना बस्न नपाएपछि मिटरब्याजपीडित प्रदर्शनमा उत्रिए (तस्वीरहरू)

काठमाडौं । शान्तिबाटिकामा पनि धर्ना बस्न नपाएपछि मिटरब्याजपीडित प्रदर्शनमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिबाटिकामा पनि आन्दोलन गर्न नदिने भएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

माइतीघरबाट धर्ना दिनकै लागि शान्तिबाटिका पुगेका उनीहरुलाई प्रहरीले बिहीबार ठाउँ छाड्न आदेश दिएको थियो ।

शान्तिपूर्ण प्रर्दशन गर्न पाउने लोकतान्त्रिक अधिकार कुण्ठित गर्न खोजिएको भन्दै उनीहरु थप आक्रोशित भएका छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति ३८ महिनादेखि निरन्तर आन्दोलनरत छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved