विवाहमा किन लगाइन्छ मेहेन्दी ? जानौं

नेपालभ्युज

विवाहमा किन लगाइन्छ मेहेन्दी ? जानौं

एजेन्सी । हिन्दु धर्ममा मेहेन्दीलाई एकदमै विशेष स्थान दिइएको छ । जसलाई विवाहअघि दुलाहा र दुलहीलाई लगाइने गरिन्छ । मेहेन्दीको चलन वर्षौंदेखि चलिरहेको छ । यसलाई सोह्र श्रृंगारको एउटा हिस्सा मानिन्छ । तर यसका पछाडि के कारण छ ? आउनुहोस् जानौं–

मेहेन्दी शब्द संस्कृत शब्द मेंढिकाबाट निकालिएको हो । जसको अर्थ हुन्छ, मेहेन्दीको बोट । यस्तो पनि बताइन्छ, मेहेन्दीको प्रयोग वैदिका कालदेखि नै हुँदै आइरहेको छ ।

विवाहअघि दुलही र दुलाहालाई मेहेन्दी लगाउने संस्कृति एकदमै पहिलदेखि चलिआएको छ । यस परम्परालाई मानिसले एउटा विधिको नाम दिएका छन् ।

मेहेन्दीलाई सौभाग्यको निशानी पनि भनिन्छ । यसलाई दुलाहा दुलहीको बीचमा प्रेम दर्शाउने प्रतिकको रुपमा मानिन्छ । मान्यताअनुसार यसको रंगले दुलाहा र दुलही र सासुबीचको प्रेमलाई दर्शाउँछ ।

मेहेन्दीको रंग र  सुगन्धले विवाहित जोडीबीचको प्रेमलाई बढाउँछ । मेहेन्दीमा कयौं औषधीय गुणहरु पनि पाइन्छ, जो एकदमै लाभदायक पनि हुन्छ ।

मेहेन्दी लगाउँदा परम्पराबाहेक पनि कैयौं प्रकारका लाभहरु पाइन्छन् । यसलाई लगाउँदा तनाव कम हुन्छ र शारीरिक तथा मानसिक शान्ति प्राप्त हुन्छ ।

मेहेन्दीलाई पहिलेको समयमा प्राकृतिक पातहरुबाट बनाइने गरिन्थ्यो । मेहेन्दीको प्रयोगले चोटले पोलेको घाउलाई पनि कम गर्ने गरिन्थ्यो । यसलाई घाउ भर्न पनि प्रयोग गरिन्थ्यो ।

मेहेन्दी चिसो हुन्छ हुने भएकाले विवाह अघि शरीरमा शीतलता प्रदान गरेर तापक्रमलाई सन्तुलित बनाइराख्न सहयोग गर्नु पनि हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved