महाधिवेशनको मिति सार्न एकीकृत समाजवादीको बैठक सुरु

नेपालभ्युज

महाधिवेशनको मिति सार्न एकीकृत समाजवादीको बैठक सुरु

काठमाडौं । आगामी माघ १४–१८ सम्मका लागि तोकिएको महाधिवेशनको मिति सार्नेबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठक बसेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सुरु भएको बैठकमा महाधिवेशनको मिति सार्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।राष्ट्रियसभा निर्वाचनका कारण महाधिवेशनको मिति सार्नुपर्ने परिस्थिति बनेको एकीकृत समाजवादीका नेताहरुले बताइरहेका छन् ।

बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजनबारे पनि छलफल हुने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved