काठमाडौं । अज्ञात समूहले धनकुटाको पाख्रिवासमा वडाध्यक्षलाई उनकै घरमा थुनेर आगो लगाएको छ । गएराति पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा आगजनी गरिएको हो ।
डाँडाखर्कस्थित आफ्नो घरमा परिवारसहित सुतेका उनीहरुलाई भित्रै थुनेर आगो लगाइएको गुरागाईँले बताए ।
राति १२ बजेतिर आगो लगाइएको उनको भनाइ छ । वडाध्यक्ष गुरागाईँले भने, ‘धुवाँको मुस्लो आउन थालेपछि निस्कन खोज्दा बाहिरबाट ताला लागेको रहेछ । छिमेकीलाई बोलाएर झ्यालमा भर्याङ लगाएर ज्यान चाहिँ जोगायौँ ।’
तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुइटा ग्यास सिलिन्डर भेलागरी कपडाहरू एक ठाउँमा थुपारेर आगो सल्काइएको उनले बताए । प्रहरीले आगो लगाउने कार्यमा संलग्न रहेको हुन सक्ने आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment